लोडसेडिङ अनत्य गर्ने अर्थमन्त्री जर्नादन शर्मा : विनोद चौधरी {भिडियाे}
काठमाण्डौ, ६ साउन । प्रतिनिधिसभा सदस्य तथा उद्योगी विनोद चौधरीले अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ नेपालको लोडसेडिङ अनत्य गर्ने मन्त्री भएको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा सम्बोधन गर्दे अर्थमन्त्री शर्माको प्रशंसा गरेका हुन् ।
अर्थमन्त्री शर्माले अब नेपाली अर्थतन्त्रलाई अर्को लेभलमा पु¥याउने बताए । उनले भने,‘ मान्य अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ज्यूले त्यो बेलाको १६ घन्टाको लोडसेडिङ विकराल स्थितीबाट बाहिर निकाल्ने क्रान्तिकारी वातानरण बनाउनु भयो । आज अर्थमन्त्री हुनुहुन्छ । अब यस योद्धाको साथले नेपाललाई अर्को लेभन पु¥याउन सकिन्छ भन्ने कुरा कुनै दुविधा छैन् ’
यस्तै उनले उद्योगी विनोद चौधरीले नेपाललाई नै दक्षिण एशियाली राष्ट्रमा नै लगानी गर्ने उत्कृष्ट गन्तव्य बनाउनका लागि प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने बताए । उनले मुलुकको बिकासका लागि स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।
यस्तै कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोकताबादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे । उत्पादनबृद्धि नगरि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाई थियो । उनले कोरोनाका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए ।