कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ को प्रसारण शुरु
काठमाडौं, १ असोज । कमेडी शो ‘सेलिब्रेटि ज्यामअप’ को प्रशारण शुरु भएको छ । बुधबारबाट ‘सेलिब्रेटी ज्यामअप’ एम.पी. इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रसारण शुरु भएको हो । कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग भलाकुसारी गर्ने गरिन्छ । कार्यक्रमका प्रस्तोतामा रित्तिका खरेल छिन् ।
शोको पहिलो एपिसोडमा ‘कमेडी च्याम्पियन’ का सुमन कोइराला, सुमन कार्की र मेक्सन गौडेलको उपस्थिति थियो । जहाँ उनीहरुले आफ्ना जीवनका रमाइला किस्साहरु सुनाएका थिए ।
शोमा कलाकार, साहित्यकार, खेलाडी, कमेडियनदेखि समाजसेवीलाई बोलाएर उनीहरुका जीवनका रमाइलो पाटाहरु खोतल्दैं हाँस्यव्यङ्ग्यका रुपमा प्रस्तुत गरिने निर्देशक राजु पुडासैनीले जानकारी दिए । कलाकारहरुमा कुमारमनि गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग साथमा लाइभ संगीतको प्रस्तुती रहने छ । यो शो प्रत्येक बुधबार साँझ ७ बजे प्रसारण हुनेछ ।