दाङमा चट्याङ लागेर एक किशोरको मृत्यु
दाङ । दाङको घोराही उपमहानगरपालिका-१९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ । चट्याङ लागेर घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।