२०७९ साउन २९ गते आइतबारको तपाईको राशिफल
भदौ कृष्ण तृतिया पञ्चाङ्ग : सुकर्मा वणिज पूर्वभाद्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आश मारेको काम बन्नेछ । अरुको मन जित्न सकिने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज
अनवाश्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोश, जाँगरमा पनि कमी ल्याउन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योग समेत रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्ने छ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल