तेल चुहावटपछि कुवेतको पश्चिमी क्षेत्रमा आपतकालीन अवस्था घोषणा
काठमाडौँ । कुवेतको एउटा सरकारी कम्पनीबाट तेल चुहावट भएपछि त्यहाँस्थित एउटा राज्यमा संकटकाल घोषणा गरिएको छ । सोमबार बिहान तेल चुहावट भएर डरलाग्दो अवस्था आएपछि देशको पश्चिमी क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरिएको हो ।
कुवेत सरकारको स्वामित्व रहेको कुवेत पेट्रोलियम कर्पको सहायक कन्पनी कुवेत आयल कम्पनी (केओसी) ले सोमवार बिहान तेल चुहाव भएपछि ‘आपातकालीन स्थिति’ घोषणा गरिएको हो । केओसीका प्रवक्ता तथा प्रशासनिक मामिलाका उपसीईओ कुसाई अल–अमेरले एक वक्तव्य जारी गरेर कम्पनीले देशको पश्चिममा तेल चुहावट भएपछि आपातकालीन स्थिति घोषणा गरेको बताएका छन् ।
अल–आमेरले तेल चुहावटका कारण कोही पनि घाइते नभएको बताएका छन् । तेल उत्पादन पनि अहिले जारी छ । दुर्घटना स्थलमा कुनै किसिमको हानिकारक ग्यास चुहिएको छैन । उनले केओसीको आपातकालीन टिम घटनास्थलमा दुर्घटनाबाट जोगिने उपाय अपनाइरहेको बताएका छन् ।
कुवेत विश्वको एक प्रमुख तेल उत्पादक देश हो । जसको लगभग ९० प्रतिशत सरकारी राजश्व तेल निर्यातबाट प्राप्त हुन्छ । कुवेत पेट्रोलियम निर्यातक देशको संगठन (ओपेक) को संस्थापक सदस्य पनि हो । यहाँ प्रतिदिन लगभग २७ लाख ब्यारल तेल उत्पादन हुन्छ ।
#نفط_الكويت: الفرق المعنية في الشركة تتعامل مع حادث التسرب النفطي حسب الإجراءات المتبعة.. وسنعلن عن التطورات أولاً بأولhttps://t.co/SysaMDvMGf pic.twitter.com/03fd9rtofZ
— الراي (@AlraiMediaGroup) March 20, 2023