टुँडिखेलमा सोनाम ल्होछारकाे रौनक (फोटोफिचर)


२२ माघ २०७५, मंगलवार
sonam losar 5

काठमाडौं, २२ माघ । तामाङ समुदायको महान चाड सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व टुडिखेलमा धुमधामसँग मनाएको छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्व मंगलबार काठमाडौं उपत्यका बसोबास गर्ने तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाएको हो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । टुँडिखेलको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका ल्होसार कार्यक्रमको कार्यक्रममा विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । टुँडिखेलको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका ल्होसार कार्यक्रमको कार्यक्रममा विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश गरेको छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होछारको अवसरमा आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा पनि विविध कार्यक्रम गरी मनाउने चलन छ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्षलाई बिदाई गरी सुँगुर वर्षलाई स्वागत गरिएको छ । यो २८५५औँ सोनाम ल्होछार हो ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो ।ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिए ।

सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन समेत गरिएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।तामाङ समुदायले ल्होसार उपत्यका बाहिरका नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, रसुवालगायद देशका अधिकांश जिल्लामा रहेका तामाङहरुले ल्होछार मनाइएका छन् । त्यस्तै विदेशमा रहेका तामाङहरुले पनि ल्होछार मनाउने गर्छन् ।


नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापान लगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७