अहिले त म मेरी छोरी भन्दा सानी भएकी छु : अञ्जु पन्त


२५ फाल्गुन २०७५, शनिबार
Anju Daughter 1

काठमाडौं, २५ फागुन । चर्चित गायिका अञ्जु पन्तले आफूलाई बजारमा चलेको फेसनबारे उति जानकारी नहुने गरेको बताएकी छन् ।

Anju Daughter 1

आज (शनिबार) काठमाडौंको डिल्लीबजारस्थित कुसुम बुटिकको उद्घाटन गर्दै गायिका पन्तले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फमेन्सले गर्दा सामान्य फेसन त गर्नु परिहाल्यो ।’

उनले स्टेजमा सारी लगाएर प्रस्तुती दिने रहर आफूमा रहेको बताउँदै भनिन्, ‘तर आजकाल स्टेजमा सारी देखिनै छाड्यो ।’ अञ्जुले कुसुम बुटिककै सिल्भर कलरको लेहेँगा र रानी कलरको गाउन पहिरिएर रिवन काटेकी थिइन् ।

फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालन ल्याएको ‘कुसुम बुटिक’को उद्घाटनपछि आगन्तुक पाहुना तथा आफ्ना फ्यानहरुसँग तस्बिर खिचाउँदै थपिन्, ‘म पनि निकै राम्री पो देखिएकी छु ।’

नेपाली गीत संगीतमा एकछत्र राज गर्दै आएकी गायिका अञ्जुले आफू खानपानमा सचेत रहेको बताइन् । खानपानमा समेत भएकै कारण ६७ किलोबाट आफ्नो तौललाई ५० मा झारेको जानकारी दिंदै पन्तले ठट्यौली गर्दै भनिन्, ‘अहिले त म मेरी छोरी भन्दा पनि सानी भएकी छु ।’

बुटिक उद्घाटन गर्दै गायिका पन्त

तौल घटाउनु र आफ्नो सुन्दरता झल्किँदै जानुमा ‘डाइटिङ’ नभएको पनि उनले स्पष्ट पारिन् । ‘म डाइटिङ गर्दिनँ’, अञ्जुले भनिन्, ‘समयमा खानु र सुत्नु नै सबैभन्दा ठूलो स्वाथ्य हो ।’
अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिए भन्नै समेत यकिन छैन ।

उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’ पछिल्लो समय नेपाली चलचित्र र सुगम संगीतमा उनका गीतले चर्चा पाइरहेका छन् ।

फेसन डिजाइनर कुसुम श्रेष्ठ बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को पहिलो ब्याचकी विद्यार्थी हुन् । आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा सकेपछि उनले ‘कुसुम बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नो बुटिकमा ग्राहकको रुचिअनुसार फहिरन तयार गर्ने उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७