यी हुन् कसैले तोड्न नसकेको आमिरको तीन रेकर्ड


३० फाल्गुन २०७५, बिहीबार
aamir

काठमाडौं, ३० फागुन । बलिउड सुपरस्टार आमिर खान बिहीवारबाट ५४ वर्षका भएका छन् । फिल्म इन्डस्ट्रीमा ३० वर्षभन्दा पनि बढी सक्सेसफुल करिअर बताएका उनले आफ्नो फिल्मी सफरमा कयौं यादगार परफर्मेन्स दिएका छन् ।

aamir

असिस्टेन्ड डायरेक्टरको रुपमा बलिउडमा आफ्नो करिअर सुरु गरेका उनका फिल्मले अचेल बक्सअफिसमा हिटको ग्यारेन्टी राख्दछन् ।

वर्षमा एकभन्दा बढी फिल्म नगर्ने उनका हरेक एक फिल्मले पुरानो सबै रेकर्ड तोडेर नयाँ कीर्तिमान स्थापित गर्ने गरेका छन् । उनी बक्सअफिसका ट्रेन्ड सेटर हुन् । सय र तीन सय क्लबको सुरुवात उनका फिल्मले नै गरेका हुन् । भारतमा मात्र नभएर विदेशमा पनि उनको बलियो फ्यान फलोइंग छ । चीनमा उनको फिल्मको डंका बज्ने गर्दछ ।

उनलाई बलिउड बक्सअफिसका किंग भन्ने गरिन्छ । उनका फिल्मका लागि केही वर्षयता प्रदर्शनको दुई वा तीन दिनमा सय करोड कलेक्सन सामान्य भइसकेको छ । उनको हरेक फिल्मको ’मुभी लभर्स’ मा गजबको क्रेज रहने गर्दछ । आमिरको जन्मदिनको अवसरमा उनको ३ बक्सअफिस रेकर्डको बारेमा चर्चा गर्दैछौं, जुन आजसम्म कसैले तोड्न सकेका छैनन् ।

१) ‘ठग्स अफ हिन्दोस्तान’ : बलिउड फिल्मको सबैभन्दा ठूलो ओपनर

गएको वर्ष प्रदर्शनमा आएको आमिर खानको मोस्ट अवेटेड फिल्म ’ठग्स अफ हिन्दोस्तान’ बक्सअफिसमा असफल साबित भए पनि यो फिल्मले ओपनिङ डेमा यस्तो रेकर्ड बनाएको थियो, जुन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । ’ठग्स’ लाई बक्सअफिसमा ऐतिहासिक ओपनिङ मिलेको थियो । पहिलो दिन फिल्मले ५२ करोड २५ लाख कमाएको थियो ।

२) ‘दंगल’ : सबैभन्दा बढी कमाई गर्ने हिन्दी फिल्म
२०१६ मा रिलिज भएको आमिर खान स्टारर ’दंगल’ लाई बलिउडको उत्कृष्ट फिल्मको सूचीमा अग्रणी स्थानमा राखिएको छ । यसले कयौं अवार्ड जितेको छ । साथै, कयौं रेकर्ड बनाएको छ । यो सबैभन्दा बढी कमाई गर्ने हिन्दी फिल्म हो । ’दंगल’ को लाइफटाइम कलेक्सन ३८७.३८ करोड छ । हुनत, ’बाहुबली’ ले ५ सय करोड कमाएको थियो तर यो हिन्दी डब थियो ।

३) ‘दंगल’ : वर्ल्डवाइड सबैभन्दा बढी कमाईको रेकर्ड
आमिर खानको ‘दंगल’ ले चीनमा कमाईको नयाँ रेकर्ड कायम गरेको छ । जति फिल्मलाई भारतीय बजारमा रुचाइएको थियो, उतिक्कै प्रेम बायोग्राफिकल स्पोर्ट्स ड्रामालाई विदेशमा पनि मिलेको थियो । वर्ल्डवाइड बक्सअफिसमा ‘दंगल’ ले २ हजार करोड कमाएको छ । फिल्मले सबैभन्दा धेरै कमाइ चीनमा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७