‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’


३ चैत्र २०७५, आईतवार
japan2 URxFd7bmEg 1

काठमाडौं, ३ चैत । समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् ।

japan2 URxFd7bmEg 1

यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान् कति यो देशमा । तीमध्ये एक प्रतिनिधि पात्र हुन् ललितपुरका प्रा.डा. केशवलाल महर्जन ।

२०३२ सालमा नेपाल सरकारकै छात्रवृत्ति कोटामा जापान पुगेका उनी भन्छन्, ‘२०४६ सालमा सरकारी जागिर खान नेपाल आएको थिएँ । अधिकांशले जापान पढेपछि नेपालमा जागिर खान मुस्किल पर्छ उतै फर्क भने । जापानै फर्केर विश्वभरका विद्यार्थीलाई पढाइरहेको छु । प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाइन्छ यहाँ ।’

हुन पनि सन् १९९० देखि नै जापानको रहेको पाँचौं ठूलो सरकारी विश्वविद्यालय हिरोसिमामा कृषि र ग्रामीण विकास, दक्षिण एसियाली अध्ययन, ग्रामीण अर्थशास्त्र, अन्तर्राष्ट्रिय विकास र साझेदारी अध्ययन, सांस्कृतिक विविधता, जलवायु परिवर्तन, ग्रामीण भेगको जीविकोपार्जन रणनीतिलगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीलाई पढाउँदै आएका प्राडा महर्जनले अहिले प्राध्यापनलगायत अन्य ठूलै जिम्मेवारी पाएका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७