गायिका मेलिना राई बनिन् गोर्खाज फाइनान्सको ‘ब्राण्ड एम्वेसडर’


८ चैत्र २०७५, शुक्रबार
gurkhas n melina rai

काठमाडौं, ८ चैत । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई आफ्नो ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

gurkhas n melina rai


बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी गायिका राईलाई एक बर्षका लागि ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको हो । कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ तथा गायिका राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

melina rai 4

उक्त कार्यक्रम फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्सकै भूपु अध्यक्ष महेन्द्रलाल राई, फाइनान्सका सञ्चालकहरु यादवचन्द्र राई र खड्गबहादुर गुरुङको उपस्थिति थियो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थिङले गायिका मेलिना राईसँगको सहकार्यले फाइनान्सको प्रवर्धनमा सहयोग पुग्ने बिचार व्यक्त गरेका छन् । यस सम्झौताले फाइनान्सको व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने जनाएको छ ।

melin rai

फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्गले अब यो फाइनान्सलाई चाँडै नै बैकको रुपमा विकास गरिने बताए । कार्यक्रममा गायिका मेलिना राईले पहिलोपल्ट आफू गोर्खा फाइन्सको एम्बेसडर नियुक्त भएको जानकारी दिंदै गोर्खा फाइनान्ससँग जोडिएर सर्वसाधरण नागरिकलाई बैंकिङ सेवाप्रति जागरुक गराउन पाउनु सौभाग्यको कुरा समेत रहेको बताइन् । गायिका राईले देश तथा विदेशमा समेत गोर्खाज फाइनान्सको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछिन् ।

melina rai shambhu rai


राष्ट्रियस्तरको गोर्खाज फाइनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा खोली ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल, इन्टरनेट बैंकिङ, आइ. पि. एस., डेविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७