आँधीहुरीबाट पिडितहरुसँग प्रधानमन्त्री (फोटो फिचर)


१८ चैत्र २०७५, सोमबार
KP Oli

बारा, १८ चैत : आइतवार साँझ आएको ठूलो आँधीहुरीले घाइते भएका बारा र पर्सा सर्बधारणहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । बाराको कलैया अस्पताल पुगेर प्रधानमन्त्री ओलीले घाइतेहरुको अवस्था बारेमा जानकारी लिए ।

बिभिन्न कार्यक्रमका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री ओली बारा र पर्सामा आएको बिपत्तिपछि झापाको कार्यक्रम स्थगित गरेर बारा उडेका थिए ।

प्रधानमन्त्री ओली १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रक मार्फत बारा र पर्सा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा पनि त्यसतर्फ गएका थिए ।

पुरैनिया सहित अति प्रभावित बाराको फेटा, भरवलिया, र चैनपुरमा सर्बसाधरणहरु आँधीहुरीको कारण बिचल्लीमा परेका छन् । प्रधानमन्त्री ओलीले राहत र उद्दारमा कमी नहुन निर्देशन दिएका छन् ।

PM KP Sharma Oli 2
PM KP Sharma oli 1
KP sharma oli

यसैबीच आइतबार रातिको हावाहुरीले प्रभावित बारा र पर्सामा गृह मन्त्रालयले ४६८ वटा त्रिपालसहित कपडालगायतका सामग्री पठाएको छ । मन्त्रालयकाअनुसार ४६८ वटा त्रिपाल, ४ हजार १ सय ३८ थान कपडासहित ३ ट्रक सामग्री बारा पुगेको छ ।

मन्त्रालयले आइतबार राति बारा र पर्सामा आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको जनाएको छ। गृहले सोमबार साँझ जारी विज्ञप्ति जारी गर्दै बाराका २६ र पर्साका १ गरी २७ को मृत्यु भएको पुष्टि गरेको हो।

मृत्यु हुनेमा १० पुरुष, ११ महिला र ६ बालबालिका रहेका छन्। गृहले घटनामा ६ सय ६८ घाइते भएको र २८४ जना प्राथमिक उपचारपछि घर फर्किसकेको जनाएको छ।

बाँकी घाइतेमध्ये ३ सय ७५ जनाको पर्सा र बारास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ। गम्भीर घाइते ९ जनालाई भने सेनाको हेलिकप्टरमार्फत थप उपचारका निम्ति काठमाडौं ल्याईएको थियो। उनीहरुकाेत्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ।

मन्त्रालयले घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाइएको र स्थानीय तहमा समेत नेपाली सेनाको मेडिकल टीम र नेपाल प्रहरीबाट खटिएको दुई मेडिकल टीम परिचालित भएको जनाएको छ।
तस्बिर सौजन्य :- कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७