स्वास्थ्यको कर्मचारी समायोजन सूची सार्वजनिक (सुचीसहित)


१९ चैत्र २०७५, मंगलवार
health ministry

काठमाडौं, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका ८, ९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्न गरेको छ। मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेको हो।

health ministray

स्वास्थ्य सेवा अन्तर्गत आठौं तह, नवौ र दशौ तहको विवरणा १४ गते भएको निर्णय अनुसार सार्वजनिक गरिएको बताएको छ ।

यसअघि स्वास्थ्य सेवामा कार्यरत २६ हजार कर्मचारीको समायोजन नै नभई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार कर्मचारी समायोजन सकिएको घोषणा गरेका थिए ।

हेर्नुहाेस् सूची

९ र १०औं तह

आठौं तह

 

सातौं र आठौं तह

स्वास्थ्य सेवाको संघ, सात प्रदेश, स्थानीय तह र फाजिल गरी २७ हजार ३ सय २ कर्मचारी यसअघि सार्वजनिक गरेका थिए ।     यसैगरी मन्त्रालयका सह–सचिव केदार प्रसाद पनेरुद्धारा जारी विज्ञप्तीमा नेपाल स्वास्थ्य सेवा तर्फका २०७५ कर्मचारी संघमा र ३७३ प्रदेश नं १, ३३० प्रदेश नं. २, ३७१ प्रदेश नं. ३, ३३५ गण्डकी प्रदेश, ४६४ प्रदेश न ५, २०० कर्णाली प्रदेश, २२१ सुदुर पश्च्मि प्रदेश गरी २३९४ जना प्रदेशमा समायोजन भएको उल्लेख थियो । भने स्थानीय तहमा २२ हजार १ सय ७६, फाजिल ६ सय ५७ गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ ।  

मन्त्रालयले साविकका क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवातर्फ ४ हजार ९८ दरबन्दी कायम गरिएको छ। जुन प्रदेशको कूल दरबन्दीको १८ दशमलब ५ प्रतिशत भएको भनाइ छ। साथै, पछि थपिएका दुई जिल्लामा जिल्ला अस्पतालसमेत थप गरी दरबन्दी कायम गरिएको जनाएको छ।  

स्थानीय तहमा स्वास्थ्यको अधिकृत र सहायक गरी २५ हजार ६ सय ५४ दरबन्दी कायम भएको छ। जसअन्र्तगत अधिकृत २ सय १० र सहायक २५ हजार ४ सय ४४ कर्मचारीको दरबन्दी कायम भएको छ। स्थानीय तहको कूल दरबन्दीको ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस

मन्त्री पण्डितद्वारा समायोजन सकिएको घोषणा विवादमा : ३६ हजार कर्मचारीको समायोजन हुन बाँकी
लोकसेवाले स्थानीय तह र प्रदेशका लागि विज्ञापन खुलाउँदै, रिक्त पद खोज्न सात टोली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७