सलमान-ऐश्वर्यको पुरानो तस्विर २० वर्षपछि भाइरल, यस्तो रहेछ कारण


२ बैशाख २०७६, सोमबार
salman

काठमाडौं, २ बैसाख । सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या राय र सलमान खानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

salman

सलमान र ऐश्वर्याको जोडी बलिउडमा अत्याधिक रुचाइएको जोडी हो । उनीहरुको जोडी जस्तै प्रेम पनि अगाध नै थियो । तर, सम्बन्धमा आएको विभिन्न समस्याले उनीहरुको सम्बन्ध टुट्यो ।
भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्या सँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ ।

aai

सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् । भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो । तस्बिरमा क्याप्सन ‘ल्बतष्यलक धबलतक तय पलयध धजय भिबपभम तजष्क उष्अतगचभक’ लेखिएको छ ।

यद्यपि, सलमान र ऐश्वर्या यतिबेला आ–आफ्नो निजी जीवनमा व्यस्त छन् । ऐश्वर्या अभिषेक बच्चनसँग बिहे गरेर वैवाहिक जीवन व्यतित गरिरहेकी छिन् भने सलमान अझैसम्म अविवाहित छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७