एसिसी यु—१६ क्रिकेटमा नेपालको विजयी सुरूवात, म्यानमारमाथि ७ विकेट जित


७ बैशाख २०७६, शनिबार
nepalvsmyamar

काठमाडौं, ७ बैशाख (एजेन्सी) । एसीसी यू–१६ इस्र्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सु?वात गरेको छ । थाईल्याण्डमा आज(शनिबार)देखी सुरू भएकाे आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरूवात गरेको हो ।

५९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ८.१ ओभरमा ३ विकेटको गुमाउँदै नेपालले लक्ष्य पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन कुमालले १५ बलमा ४ चौका सहित २६ रनमा अविजित रहे । दिपक बोहोरा ६,सुवास ऐर ११ र विशाल विक्रम केसी ३ रनमा आउट भए । प्रसान्त महत १५ बलमा १ चौका सहित ९ रनमा नट आउट रहे । म्यानमारका जीन मेयो को कोले १ र कौङ हटेट क्यावले २ विकेट लिए ।

Nepali cricket team ACC U 16 Eastern Region Tournament
Nepal youth team members attend the presentation ceremony after beating Thailand in the ACC U-16 Eastern Region Tournament match at the Terdthai Cricket Ground in Bangkok on Monday, December 11, 2017. Photo courtesy: Thailand Cricket Association

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ थालेको म्यानरमार १३.२ ओभरमा अल आउट हुदैँ ५८ रनमा मात्र बनाएको थियो । म्यानमारका पाँच ब्याट्सम्यानले खाता खोल्नै सकेनन उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन पार गरेका थिए । म्यानमारका लागि कौङ हटेट क्यावले सर्वाधिक १९ रन बनाए ।

कान्टको को शुन्य, क्रिस्टोफर ११, ऐ थु शुन्य, पेवाई सन हेन १, हेन जिन अनुग १ रन रमा आउट भए । म्यानमारका तल्लोक्रमका प्याई फयो वाई ५ रनमा आउट भए ।

म्यानमारलाई सस्तैमा रोक्न नेपाल लागि कप्तान विशाल विक्रम केसीले ५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले समान १ विकेट लिदा म्यानमारका ४ ब्याट्सम्यान रन आउटको शिकार बनेका थिए ।

अप्रिल २० देखी २८ सम्म चल्ने प्रतियोगिताको समुह ए मा नेपाल सहित म्यानमार,मलेसिया र थाईल्यान्ड छन् ।

त्यस्तै समुह बी मा सिंगापुर,भुटान, हङकङ र चीन छन् । नेपाल डिफेन्ङिग च्याम्पियन टोली हो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७