गायक सनुप पौडेल थाकेपछि…


१२ बैशाख २०७६, बिहीबार
sonup

काठमाडौं, १२ वैशाख । गायक तथा ‘भ्वाइस अफ नेपाल’ का कोच सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्वजनिक भएको छ । परदेशीको पीडालाई भिडियोमार्फत देखाउन खोजिएको छ ।

दर्जनौ चर्चित गीतहरु पस्किसकेका गायक सनुप पौडेलको यस गीतमा सकारात्मक सन्देश प्रबाह गर्न खोजिएको छ । एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाई रामकुमार केसी र नबिनकुमार श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोकोे सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७