धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीकोे उपहार


१३ बैशाख २०७६, शुक्रबार

काठमाडौं, १३ वैशाख । चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि बिहिबार गीत सार्वजनिक गरेका हुन् ।

गीतमा निर्माण अभियानलाई सफल बनाउन सहयोग लागि सबैलाई आग्रह गरेका छन् । ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् । भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् ।

‘हरेक नेपालीको सपना, देशको गौरवको परियोजना’ नेपालीले नै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका छन् ।

भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ । खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७