रेनशाको विहे सुष्माले गरिन् लाइभ, किराती पोसाकमा बेहुली बनेकी रेनशा यस्तो देखिइन्


२४ बैशाख २०७६, मंगलवार
renasa

काठमाडौं, २४ बैसाख । ‘इन्टु मिन्टु लण्डनमा’ कि निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तरा राई वैवाहिक जीवनमा बाँधिएकी छन् ।

निर्माता प्रज्वल शम्शेर जबरासँगको लामो अफेयरमा रहेकी उनले आज सम्बन्धलाई वैवाहिक बन्धनमा बाँधेकी हुन् । बग्गी चढेर प्रज्वलको जन्ती रेनशालाई लिन विवाह मण्डप पुगेको थियो । मण्डपबाटै अभिनेत्री सुष्मा कार्कीले फेसबुक लाइभ गरेकी छिन् ।

विहेमा प्रज्जव दौरा सुरुवालमा सजिएका छन् भने दुलही बनेकी रेनशा भने किराँत सँस्कृती झल्कने पहिरनमा देखिएकी छन् । उनले लेहेङ्गासहित किराँत परम्परागत गहना समेत लगाएकी छिन् । रेनशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७