एनआईसी एशिया र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता


२४ बैशाख २०७६, मंगलवार
NIC Aisa

काठमाडौं, २४ वैशाख : एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच विप्रेषण रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र सुलभ रुपमा ग्राहकहरूले भुक्तानी पाउन सक्नेछन

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे।

मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७