नयाँ बानेश्वरमा बन्याे अत्याधुनिक ‘आइप्लेक्स’ मल


२७ बैशाख २०७६, शुक्रबार
Eyeplex Mall Photo

काठमाडौं, २७ वैशाख : जेठ महिनादेखि नयाँ बानेश्वरमा ‘आइप्लेक्स’ मल संचालनमा आउने भएको छ।

काठमाडौंमा सञ्चालन भइरहेको मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित यो मल सञ्चालनमा आउन लागेको प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले बताए ।

यो मलमा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट रहने उको भनाई छ । यो मलमा युवाहरुलाई मनोञ्जन क्षेत्र पनि बनाइको उनको भनाई छ । करिब ३० करोड लागतमा मलको निर्माण गरिएको उनले बताए।

साथै स्वादिला र स्वच्छ खानाहरुको ‘फुडकोर्ट’ पनि संचालन हुने उनले बताए। मनोरन्जनका लागि ‘ईभेन्टजोन’ तथा कफी बार पनि मलमा संचालन हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७