डच लिगको उपाधि आयाक्सलाई


२ जेष्ठ २०७६, बिहीबार
sport 1

काठमाडौं, २ जेठ । डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो ।

च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन ।

lig

ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७ औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए ।

६७ औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७ औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पीएसभीलाई पछि पार्दै उपाधि जित्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७