सलमान अवार्डको मामिलामा सधै ‘अनलक्की’


८ जेष्ठ २०७६, बुधबार
Salman Khan 1

काठमाडौं, ८ जेठ । केही समयअघि सलमान खानले एक अन्तरवार्तामा भारतबाट कट्रिना कैफले राष्ट्रिय अवार्ड जित्ने आशय व्यक्त गरेका थिए । उक्त अन्तरवार्ता सार्वजनिक भएपछि सलमानमाथि नै धेरैले प्रश्न सोझ्याए ।

सलमानले यो कुराको ठाडो अस्विकार गरे । उनले भने ‘मलाई राष्ट्रिय अवार्ड चाँहिदैन् । राष्ट्रिय मात्र हैन, कुनै पनि अवार्ड मलाई चाहिँदैन । जुन समय आफ्नो चलचित्र सार्वजनिक भएको हुन्छ त्यो समय दर्शक हलसम्म पुगेर मेरो चलचित्र हेरिदिनु भयो भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो अवार्ड हो ।’ दर्शकको माया पाए अन्य कुनै अवार्ड नचाहिने सलमानको भनाई थियो ।

सलमान अवार्डको मामिलामा अनलक्की ठहरिन्छन् । किनभने सलमानले आजसम्म कुनै पनि चलचित्रबाट उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड पाएका छैनन् । सलमानले सन् १९९० मा चलचित्र ‘मैने प्यार किया’ बाट डेब्यु नायकको अवार्ड पाएका थिए । पछि सलमानले ‘कुछ कुछ होता हे’ बाट सहायक अभिनेताको अवार्ड पाएका थिए ।

हाल सलमान खान चलचित्र ‘भारत’ को रिलिज पर्खाइमा छन् । आगामी ईदमा उक्त चलचित्र रिलिज हुदैँछ । अलि अब्बस जफरले यस चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा सलमान, कट्रिनासँगै दिशा पटनी, सुनिल ग्रोवरको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७