मिडिया देख्दा साराअलीले टाउको लुकाइन्


८ जेष्ठ २०७६, बुधबार
sara

काठमाडौं, ८ जेठ । नायक कात्तिक आर्यन र नायिका साराअली खानले एकसाथ काम गरेको चलचित्र ‘लभ आजकल’ छायांकनमा छ । यो चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । प्रेमको चर्चा चलिरहेको समयमा आर्यन र सारा गए राति एउटै कारमा देखिएका छन् ।

सारा र कात्तिकले क्यामेरा देख्ने वित्तिकै अनुहार लुकाएका थिए । साराले अनुहार छोप्दा कात्तिक हाँसेका छन् । कात्तिक र बलिउड नायिका अनन्या पाण्डेवीच प्रेमको चर्चा चलिरहेको छ । तर, यो चलचित्रमा काम गरेसँगै कात्तिक र सारावीच पनि मित्रता बलियो भएको चर्चा चलिरहेको छ ।

कतिपयले चलचित्रको प्रमोशनका लागि यी दुइले प्रेमको नाटक शुरु गरेको टिप्पणी पनि गरेका छन् । यी दुई चलचित्रको छायांकन सकेर एकसाथ घर जाँदै गर्दा मिडियाको क्यामेरामा कैद भएका हुन् । यो फोटो भाइरल भएपछि चलचित्र ‘लभ आजकल’ का निर्देशक इम्तियाज अलीले दुईलाई एकसाथ बाहिर नदेखिन भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७