नरेन्द्र मोदीका कारण नायक विवेकलाई ज्यान मार्ने धम्की


९ जेष्ठ २०७६, बिहीबार
bibek

काठमाडौं, ९ जेठ । बलिउड नायक विवेक ओबराय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो ट्वीटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नो ट्वीटरमा सेयर गरेका थिए ।

अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन् । नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।

उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ । विवेकलाई बुधबारबाट दुई निजी सुरक्षाकर्मी प्रदान गरिएको छ । विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७