‘छ माया छपक्कै’ को छायाङ्कन शुरु


९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, ९ जेठ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘छ माया छपक्कै’ को छायाङ्कन शुरु भएको छ । दिपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्ने छन् ।

दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी, दीपाश्री निरौला र जितु नेपाललगायत कलाकार फाइनल भएको र चलचित्रले ४० वर्ष उमेर अन्तर भएका जोडीको कथा बोकेको यस चलचित्र आउँदो दशैँमा प्रदर्शनमा आउने तयारीमा छ । निर्माता अधिकारीले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै चलचित्र छायाङ्कन शुरु भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७