वर्षा शिवाकोटीको फिल्मी यात्रा ‘मुस्कान’ बाट, चाम्सको गरिन् प्रशंसा


१० जेष्ठ २०७६, शुक्रबार
barsha siwakoti

काठमाडौं, १० जेठ । चलचित्र ‘वीर विक्रम २’ ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । मल्टिप्लेक्समा कमजोर देखिएको चलचित्रको व्यापार सिंगल शुरुवाती दिनमा सुखद देखिएको थियो । चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको एक सातापछि नायिका वर्षा शिवाकोटीले निर्देशक मिलन चाम्सको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । बजारमा दुईको प्रेम चर्चा चले पनि दुबैले यो कुरालाई अस्विकार गरिसकेका छन् ।

वर्षाले लेखेकी छिन् ‘सानो मान्छे ठूलो कुरा’ भने जस्तै होला । तर, त्यो एउटा मुस्कानबाट मेरो चलचित्र यात्रा शुरु भएको थियो । केही निर्देशकहरुसँग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो ।’ वर्षाले मिलन चाम्ससँगको भेटलाई करिअरको टर्निङ पोइन्ट बनेको अनुभव गरेको लेखेकी छिन् । उनले केही पाएँ भन्ने महसुस आफूले गरेको समेत उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन् ‘म बन्ने बाटो खुलेको अनुभूति गरेकी छु । उहाँसँग सहकार्य गर्नु अगाडि धेरै कुरा सुनेकी थिएँ, राम्रा–नराम्रा । तर, वीर विक्रम २ शुरु भएसँगै उहाँलाई वुझ्ने मौका पाएँ ।

वर्षाले मिलन चाम्स सिर्जनशिल, लगनशिल, व्यवसायिक र मानवियताको फ्याक्ट्री भएको भन्दै प्रशंसा गरेकी छिन् । उनले, मिलनसँग फेरि फेरि पनि काम गर्ने अपेक्षा व्यक्त गरेकी छिन् । उनले मिलन चाम्समा जस्तो सिर्जनशिलता अरु कोही निर्देशकमा नभएको समेत लेखेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७