बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी


११ जेष्ठ २०७६, शनिबार
nepal rastra bank

काठमाडौं, ११ जेठ । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।


राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्र्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्र्ब ६ करोड रुपैयाँ थियो ।

त्यस यता चार वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा १ खर्ब ६० अर्र्ब ३ करोड रुपैयाँ थपिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ४७ अर्र्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकहरूको चुक्ता पुँजी २ खर्ब ८२ अर्र्ब ५ करोड रुपैयाँ पुगेको थियो । त्यस अवधिमा वाणिज्य बैंकहरूको २ खर्ब ३१ अर्र्ब ५ करोड रुपैयाँ, विकास बैंकहरूको ३८ अर्र्ब रुपैयाँ तथा वित्तीय कम्पनीको १३ अर्र्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७२ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी ९८ अर्र्ब ३ करोड रुपैयाँ थियो । चार वर्षको अवधिमा वाणिज्य बैंकको पुँजी १ खर्ब ४९ अर्र्ब ३ करोड रुपैयाँ बढेको छ ।

त्यस्तै, विकास बैंकहरूको चुक्ता पुँजी ३९ अर्र्ब ९ करोड रुपैयाँ तथा वित्त कम्पनीहरूको चुक्ता पुँजी १४ अर्र्ब ४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आठ गुणाले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा बढी लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धिभन्दा कर्जा विस्तार बढी भएकाले लगानीयोग्य साधनमा दबाब कायमै रहेको जनाएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएकाले वित्तीय स्थायित्व प्रभावित हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकले सो समीक्षामा भनेको छ ।
चैतमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव ९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, बैंकहरूको खराब कर्जाको मात्रा पनि बढेको देखिएको छ अहिले आक्रमक रणनीतिले ऋण विस्तार उच्च छ । २०७४ असारमा खराब ऋण १६ अर्ब थियो । २०७५ असारमा पनि १६ अर्ब नै थियो । तर, २०७५ को चैतसम्म आइपुग्दा बढेर २१ अर्ब पुगेको देखिएको छ । यस अवधिमा बैंकहरूको लगानी २४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । २०७४ असारसम्म बैंक ऋण १७ खर्ब ३६ अर्ब थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७