‘ए मेरो हजुर ३’ लिएर निर्देशक झरना थापा र नायिका सुहाना थापा यूरोपमा


१२ जेष्ठ २०७६, आईतवार
jharana thapa

काठमाडौं, १२ जेठ । निर्देशक झरना थापा र नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’ को विदेश प्रदर्शनका लागि यूरोप गएका छन् ।

सुहानाको जन्मदिनमा किन नयाँ चलचित्रको घोषणा भएन भन्ने मिडियाकर्मीको प्रश्नमा झरनाले भनिन,् ‘म त चलचित्र ‘भागवत गीता’ बनाउने सोचमा छु । तर, वितरकहरुले मलाई ‘ए मेरो हजुर ४’ बनाउनका लागि आग्रह गरिरहनुभएको छ । यसैले अहिले यो बिषयमा निर्णय नभएकाले चलचित्र घोषणा नभएको हो ।’

झरनाले भनिन्, ‘मलाई त अझै पनि नायक अनमोल केसी र सुहानालाई लिएर चलचित्र ‘भागवत गीता’ नै बनाउन मन छ । सबै कुरा मिल्यो भने अनमोलसँग फेरि सहकार्य हुन्छ । ‘भागवत गीता’ का लागि अनमोलसँग सामान्य कुरा हुँदा, उनी सहमत नै छन् ।’

झरनाले चलचित्र ‘भागवत गीता’ कै लागि आफूले अहिले पूरा समय दिइरहेको बताइन् । यस्तै, नायिका सुहाना थापाले पनि आफू पहिलेदेखि नै ‘भागवत गीता’ का लागि नै उत्साहित भएको बताइन् । झरनाले आफ्नो पहिलो रोजाई ‘भागवत गीता’ का लागि अनमोल र सुहाना भएको बताइन् ।

बाहिरी ब्यानरको चलचित्रमा काम कहिले गर्ने भन्ने बिषयमा सुहानाले भनिन्, ‘केही दिन अगाडि फोन आउँदा, ड्याडीले छोरी अहिले पढ्दैछ भनेर फोन राखिदिनु भयो । यसपछि, अरु कुरा नै भएको छैन ।’ झरना र सुहाना चलचित्र प्रदर्शनका लागि यूरोप, हङकङ र अमेरिका पुग्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७