कर्मचारीको तलब बढ्यो : अब कसको कति तलब ?


१५ जेष्ठ २०७६, बुधबार
yubraj khatiwada

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६ र ७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको हो ।राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो।

राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो।

वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ। त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ।

कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।

 पहिलेको तलवबढेको तलवभत्ताकुल तलव
कार्यालय सहयोगी    
प्रथम स्तर१६२२५3245२०००२१४७०
द्वितीय स्तर१७२१४3442.8२०००२२६५७
तृतीय स्तर१८३१७3663.4२०००२३९८०
चतुर्थ स्तर१९९८९3997.8२०००२५९८७
पाँचौं स्तर२२१३०4426२०००२८५५६
राजपत्र अनंकित0२०००२०००
राप अन द्वितीय२२०००4400२०००२८४००
राप अन द्वितीय(अ मा)२२९५९4591.8२०००२९५५१
राप अन प्रथम२३४९४4698.8२०००३०१९३
राप अन प्रथम (अ मा)२५६६६5133.2२०००३२७९९
राजपत्रांकित २०००२०००
राप तृतीय३०४८७5487.66२०००३७९७५
राप द्वितीय३४२०१6156.18२०००४२३५७
राप प्रथम४०१४०7225.2२०००४९३६५
ब.सचिव (पेन्सनप्रयोजन)४२८६६7715.88२०००५२५८२
राप विशिष्ट सचिव५१४००9252२०००६२६५२
मुख्य सचिव५४५८१9824.58२०००६६४०६

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७