विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट, १० टोली सहभागी


१६ जेष्ठ २०७६, बिहीबार
world

काठमाडौं, १६ जेठ । एक दिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट शुरु हुँदैछ ।
इंग्ल्याण्ड र वेल्सका विभिन्न शहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लण्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एक दिवसीय खेल हारेको छैन ।

इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा दक्षिण अफ्रिका पहिलो खेलमा विजयी हुँदै सुखद शुरुवात गर्न चाहन्छ ।

विश्वकप क्रिकेटको यो संस्करणमा १० टोली सहभागी छन् । यी १० टोलीले राउण्ड रोबिङ लिगको आधारमा एक आपसमा खेल्ने छन् । लिग चरणमा शीर्ष चार स्थान लिने टोली सेमिफाइनलमा पुग्ने छन् ।

जुलाई १४ तारिखसम्म चल्ने विश्वकप क्रिकेटमा यस पटक आयोजक इङ्ल्याण्डसँगै साविक विजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज, न्यूजिल्याण्ड र अफ्गानिस्तान सहभागी छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७