श्वेता विरामी पर्दा प्रियंकालाई ‘फाइदा’


१९ जेष्ठ २०७६, आईतवार
Priyanka

काठमाडौं, १९ जेठ । गएको महिना गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्का पूर्णरुपमा निको नभएपछि फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् । फिल्ममा उनको केही प्रतिशत सिन खिचिसकिएको छ ।

उनको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि निर्माण टिमले फिल्मको छायांकन रोकेको थियो । उनी पूर्णरुपमा निको भएपछि छायांकन शुरु गर्ने तयारीमा निर्देशक एभरेष्ट सूर्य बोहोरा थिए । तर, श्वेता पूर्णरुपमा निको हुन अझै केही समय लाग्ने भएपछि जेठ ११ गतेबाट फिल्मको पुनः छायांकन शुरु भएको छ । अब, उनले स्वास्थ्य अवस्थाका कारण गर्न नसकेको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् ।

गएको बिहीवार प्रियंकाले फिल्ममा आफ्नो पहिलो सट दिएकी छन् । काठमाडौंमा केही साताको छायांकनपछि आफू निर्माण टिमसँग युरोप प्रस्थान गर्ने प्रियंकाले जानकारी दिएकी छन् । उनले चाँडै निर्देशक बोहोरासँग अर्को फिल्ममा पनि सहकार्य गर्दैछिन् । ‘चलखेल’ नामक फिल्ममा उनले काम गर्ने फाइनल भइसकेको छ । ‘हेल्लो जिन्दगी’ को छायांकन सकिए लगत्तै उनी यो फिल्ममा व्यस्त हुनेछिन् ।

‘हेल्लो जिन्दगी’ मा उनीसँगै अभिनेत्री दीपिका प्रसाईं पनि प्रमुख भूमिकामा छिन् । निर्देशक बोहोरा लेखनमा बन्ने फिल्मलाई सिर्जना जोशीले निर्माण गर्दैछिन् । फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानर बन्न लागेको हो । सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७