आदित्यनारायण झाले काठमाडौंबासीलाई संगीतमा झुमाउने


३० जेष्ठ २०७६, बिहीबार
Aadityanarayanjha 5

काठमाडौं, ३० जेठ । गायक आदित्यनारायाण झा काठमाडौंमा आउने भएका छन् । ‘आदित्यनारायण झा लाइभ इन नेपाल’ मा उनले नेपाली र हिन्दी गीत गाउने भएका छन् ।

काठमाडाैंको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’ मा लाइभ प्रस्तुतीका लागि नेपाल आउँदै छन् । जुलाइको पहिलो साता उनी काठमाडौं आउने जानकारी आयोजकले दिएको छ ।

आदित्य गायक उदितनारयाण झा र गायिका दीपानारायण झाका छोरा हुन् । सारेगमप, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल–२’ बाट डेब्यू गरेका थिए ।

क्लब फरेनहाइटकै आयोजनामा हुने यो कार्यक्रममा प्रवेशका लागि १ हजार र १५ सय रुपैयाँको टिकट राखिएको छ । आदित्यलाई युवाहरुको डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७