साहिद भन्छन्, ‘बेरोजगार छु’


३ असार २०७६, मंगलवार
sayad

काठमाडौं, ३ असार । बलिउड नायक साहिद कपुरलाई भर्सटाइल कलाकारको रुपमा पनि लिइन्छ । उनले हरेक चलचित्रमा केही न केही फरक प्रस्तुती दिइरहेका हुन्छन् ।

अहिले साहिद आफ्नो नयाँ चलचित्र ‘कबिर सिंह’ को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरले निकै राम्रो चर्चा पाइरहदाँ साहिदको कामको पनि निकै चर्चा भइरहेको छ ।

चलचित्रको प्रचारका क्रममा साहिदले आफू बेरोजगार रहेको बताएका छन् । उनले ‘कबिर सिंह’ पश्चात् कुनै पनि चलचित्रमा अनुबन्धित नभएको भन्दै आफू बेरोजगार भएको बताएका हुन् । उनले भने, ‘मेरो रोजगारी भनेको चलचित्र हो । ‘कबिर सिंह’ पश्चात् म कुनै पनि चलचित्रमा अनुबन्धित छैनँ । त्यसैले म अहिले बेरोजगार छु ।’

तर, यो चलचित्र रिलिजपछि साहिदलाई कामको अफर नै अफर आउने भारतीय चलचित्र विश्लेषकहरुको भनाई छ । साहिदको कामलाई ट्रेलरबाट नै प्रशंसा मिलिरहेको छ । साहिद कपुरले ‘हैदर, जब वि मिट, कमिने, रंगून, पद्मावत’ जस्ता सफल चलचित्रमा आफूलाई फरक फरक अवतारमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७