म्याडम तुसादमा प्रियंकाको स्ट्याच्यू


४ असार २०७६, बुधबार
priyanka

काठमाडौं, ४ असार । लण्डनको म्याडम तुसादमा बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू राखिएको छ । यो म्यूजियममा पुग्ने अधिकांश दर्शकहरुले कलाकारको स्ट्याच्यूसँग तस्वीर खिचाएर खुशी व्यक्त गर्छन् । बलिउडका सुपरस्टारहरुको मैनको स्ट्याच्यू यहाँ देख्न पाइन्छ ।

मंगलबार मात्र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको स्ट्याच्यू यहाँ राखिएको छ । यो स्ट्याच्यूको उद्घाटन हुँदा प्रियंका लण्डनमा थिइनन् । यो मुर्ती हेर्दा प्रियंका नै स्वयंम उभिएको जस्तो लाग्छ ।

यो मूर्ति सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट प्रभावित छ । यसलाई गोल्ड गाउनमा तयार पारिएको छ ।

नायिका चोपडाको लण्डनमा बल्ल स्ट्याच्यू लगाएपनि विश्वका विभिन्न संग्राहलयमा उनको मुर्ती भेट्न सकिन्छ । अमेरिकाको न्यूयोर्कदेखि सिंगापुरमा रहेको म्याडम तुसादमा उनको स्ट्याच्यू राखिएको छ । हलिउडमा प्रवेश गरेसँगै नायिका चोपडाको लोकप्रियता झनै बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७