सौगात र श्रृष्टीको मायाको गहिराइ कहाँसम्म


६ असार २०७६, शुक्रबार
saugat 1

काठमाडौं, ६ असार । नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्ल अहिले प्रेमको उचाइमा उडिरहेका छन् । यी दुईको माया हेर्दा लाग्छ, भगवानले एक अर्काकै लागि बनेका हुन् ।

shristi 1

सौगात मल्लका कारण श्रृष्टीले निरन्तर चलचित्रमा काम पाइरहेको चर्चा पनि हुने गर्दछ । चलचित्र ‘मासु भात’ पछि सौगात र श्रृष्टी अहिले चलचित्र ‘पोई पर्यो काले’ नामक चलचित्रमा काम गरिरहेका छन् ।

वुझिएअनुसार, सौगातकै कारण श्रृष्टी यो चलचित्रमा अनुवन्धित भएकी हुन् । सौगात र श्रृष्टी केही समयदेखि लिभिङ टुगेदरमा पनि छन् । एक अर्कालाई अहिलेसम्म ‘आई लभ यू’ नभनेरै प्रेम प्रस्ताव राखेको यो जोडी मायाको यात्रामा तरंगित छ ।

चलचित्रको छायांकन सेटमा श्रृष्टी र सौगातको लोभलाग्दो माया देखिएको छ । श्रृष्टी आफैले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीर हेर्दा पनि लाग्छ, यी दुई मायाको नयाँ परिभाषा कोरिरहेका छन् । श्रृष्टीले लेखेकी छिन्, ‘हे कान्छा मलाई फूलको झुम्का लगाइदेउन’ । छायांकन सेटमा देखिएको यो प्रेमले पनि यी दुई कुन गहिराइको प्रेममा पौडिरहेका छन् भन्ने वुझिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७