विश्वकप क्रिकेट : भारतविरुद्ध अफगानिस्तान


७ असार २०७६, शनिबार
india vs afg jMEtGlGQlk

काठमाडौं, ७ असार । अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ ।

यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर मैदानमा सुरु हुनेछ । शनिबार साउथह्याम्प्टनमा वर्षाको सम्भावना छैन । दिनभर घाम लाग्नेछ । यस मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ ।

भारतले विश्वकपमा अहिलेसम्म उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा अपराजित छ । उसका उच्चक्रमका ब्याट्सम्यानले निरन्तर एकरुपको प्रदर्शन गरिरहेका छन् । बलिङ र फिल्डिङमा पनि भारतको प्रदर्शन उत्कृष्ट छ । आफ्ना मुख्य खेलाडीको चोटले भारतीय व्यवस्थापन चिन्तित भने रहेको छ ।

अफगानिस्तानविरुद्धको खेलमा ह्याम्स्ट्रिङको चोट झेलिरहेका भुवनेश्वर कुमारको स्थान मोहम्मद सामीले लिने सम्भावना छ । विजय शंकरको फिटनेसमा पनि शंका छ । उनी बुधबारको प्रशिक्षणमा जसप्रित बुमराहको बल खुट्टामा लागेपछि दुखाइ खेपिरहेका छन् ।

अफगानिस्तानले यसअघि व्यहोरेका सबै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर देखिएको छ । इंग्ल्याण्डविरुद्धको पछिल्लो खेलमा उसले ३ सय ९८ रनको लक्ष्य पछ्याउनुपरेको थियो । जुन विश्वकप इतिहासमै सर्वाधिक योगफल हो ।

त्यस खेलमा अफगानिस्तानले पूरै ५० ओभर ब्याटिङ गरे पनि १५० रनको पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७