आयुष्मानलाई गुगल गर्न डर लाग्छ


८ असार २०७६, आईतवार
Aayushman DS Joshi

काठमाडौं, ८ असार । चलचित्र ‘चपली हाइट २’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीलाई शुरुवाती दिनदेखि नै एक उपनाम दिइएको छ । उनलाई धेरैले ‘चुसेको आँप’ भन्ने गर्छन् । शुरुवाती दिनमा भने आयुष्मान यो कुराबाट दिक्क मान्थे ।

आयुष्मान भन्छन्, ‘शुरुवाती दिनमा चुसेको आँप भन्दा ऐनामा मैले आफूलाई धेरै चोटी हेर्थे । तर, आफूले आफूलाई हेर्दा त्यस्तो लाग्दैन थियो । मलाई किन यस्तो भनिन्छ भन्ने पनि लाग्थ्यो । तर, अहिले यो कुरा सामान्य लाग्छ ।’

आयुष्मान आफूले आजसम्म आफूलाई गुगल गरेर हेरेका छैनन् । नहेर्नुको कारण पनि चुसेको आँप नै हो । गुगल गर्दा आफूलाई चुसेको आँप देखाउने डरले गुगल नगरेको उनी बताउँछन् । उनले भने, ‘मैले गुगल गरे भने मलाई चुसेको आँप नै भनेर देखाउँछ होला । यसैले मैले आजसम्म गुगल गर्ने गरेको छैन ।’

अहिले आयुष्मान नयाँ चलचित्र ‘सानो मन’ को प्रचारमा व्यस्त छन् । असारको २० गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरमा आयुष्मानलाई ‘चुसेको आँप’ भनिएको छ । यो आफ्नै सहमतिमा राखिएको आयुष्मानले बताए । उनले भने ‘यो संवाद हामीले गसिप बनोस् भनेर सल्लाह गरेर नै राखेका हौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७