आईसीसीकाे कारबाहीमा विराट कोहली


८ असार २०७६, आईतवार
virat koholi

काठमाडौं,८ असार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले भारतीय टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको दौरानमा कप्तान विराटले एम्पायरलाई अभद्र ब्यवहार गरेको भन्दै आईसीसीले कारबाही स्वरुप म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो ।


२९ औं ओभरमा जबरजस्ती एलबीडब्लुको अपिल गरेको र एम्पायरलाई औला ठड्याएको भन्दै उनी माथि आईसीसीले जरिवाना गरेको हो ।

अनुशासन भंग गरेसँगै कोहलीले एक नम्बर डिमेरिट अंकसमेत पाएका छन् । भारतीय कप्तान विराट कोहलीले आफूले गल्ती गरेको स्वीकार गरिसकेको आईसीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७