प्रभु बैंकको नयाँ शाखा धादिङको आरुघाटमा


९ असार २०७६, सोमबार
64989936 323418451926087 7037946587632369664 n eukyP2Bqfu

काठमाडौं,९ असार। प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। २ विशालनगर आरुघाटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले उक्त शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

बैंकको आरुघाट शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७