‘होटल मालिकले मलाई आँखाले नै बलात्कार गरे’


२२ असार २०७६, आईतवार
isha

काठमाडौं, २२ असार । बलिउड नायिका ईशा गुप्ताले होटल मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्वीट गर्दै यस्तो अनौठो आरोप लगाएकी हुन् ।

tweet

शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँसम्म कि मसँग दुई जना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’

ttt

उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन् ।

ttttttt efb1WCuviX

तिमी आफ्ना आँखासँगै मेरो नजिक थियौँ र तिमीले मलाई घुर्नु नै काफी थियो ।’ उनले लेखेकी छिन्, ‘केहि मानिसहरु एकदमै असभ्य हुन्छन्, लाग्छ उनीहरुलाई थाहा नै छैन अपरिचित मानिसहरुसँग कसरी व्यवहार गर्ने भनेर ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७