सागर आलेको ‘भावनाको पत्र’ सार्वजनिक (भिडियोसहित)


२३ असार २०७६, सोमबार
sagar ale

काठमाडौं, २३ असार । नेपाल आइडलबाट चर्चामा आएका सुरिलो स्वरका धनी सागर आले गीत ‘भावनाको पत्र’ लिएर आएका छन् ।

फराज अर्पणको शब्द तथा सङ्गीत रहेको गीतलाई ‘वान् साइड लभ स्टोरी’ को उपनाम दिइएको छ । बिजेश्वर तन्दुकरले सङ्गीत संयोजन गरेका हुन् । गीतमा राजेश्वर तन्दुकरको मिक्सिङ्ग छ । सागर आलेको आफ्नै युट्युब च्यानलमा रिलिज गरिएको गीतको भिडियोमा गायक आले र फराज अर्पण फिचर्ड छन् ।

भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् भने विशाल थापाले खिचेका हुन् । बैँसमा आफ्नी प्रेमिकालाई पठाएको प्रेम पत्रको जवाफ उमेर ढल्कँदै गर्दा पनि न आइपुगेको भाव गीतले बोकेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७