‘साइको सैयाँ’ सार्वजनिक (भिडियोसहित)


२३ असार २०७६, सोमबार
shoho

काठमाडौं, २३ असार । तामिल, तलेगु, मलयालम र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘साहो’ को पहिलो गीत ‘साइको सैयाँ’ सार्वजनिक भएको छ ।

१५ अगस्तमा रिलिज हुने ‘साहो’ प्रभासको बाहुबली २ पश्चात् पहिलो चलचित्र हो । चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् । सार्वजनिक गीतमा प्रभास र श्रद्धा कपुरलाई फिचर्ड गरिएको छ भने ध्वनि भानुशाली र सचेत टण्डनको स्वर रहेको छ । गीतमा तनिश्क बाग्चीको सङ्गीत रहेको छ ।

आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको गीत लाई ३२ लाख बढिले हेरिसकेका छन् भने दर्शकले रुचाइरहेका छन् । श्रद्धा र प्रभासको केमेस्ट्रीलाई दर्शकले मन पराएका छन् । बलिउडको सबैभन्दा ठूलो ‘एक्सन इन्टरटेनर’ भनिएको चलचित्र अक्षय कुमारको ‘२.०’ पछि भारतकै दोस्रो सर्वाधिक महँगो चलचित्र भनिएको छ । ‘साहो’ मा ज्याकी श्रोफ, नील नीतिन मुकेश, चंकी पाण्डेलगायतको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७