कंगनाको बिवादले एकता तनाबमा


२६ असार २०७६, बिहीबार
ekata kapur

काठमाडौं, २६ असार । निर्मात्री एकता कपुरले निर्माण गरेको चलचित्र ‘जजमेन्टल हे क्या’ रिलिजको तयारीमा छ । यो चलचित्रको रिलिज पूर्व नै यसलाई लिएर ठूला ठूला विवाद भईरहेको छ ।

यसैवीच, नायिका कंगना रनावत र बलिउडका मनोरञ्जन समाचार लेख्ने मिडियाविच विवाद उत्कर्षमा पुगेपछि चलचित्रको निर्माण टिम तनावमा आएको हो । निर्मात्री एकता कपुर चलचित्र रिलिज अगाडि यस्तो खालको कुनै पनि विवाद नहोस् भन्ने चाहन्थिन् । कंगनाले एक कार्यक्रममा, भारतका मिडिया विकाउ मात्र भएको भनेकी थिइन् । देशद्रोहीको समेत आरोप लगाएकी थिइन् ।

कंगनाको यो व्यवहारपछि भारतका सम्पूर्ण मनोरञ्जन समाचार सम्प्रेषण गर्ने मिडियाकर्मी एक भएका छन् र उनले माफी माग्नुपर्ने बताइरहेका छन् । तर, कंगनाले भने माफी मागेकी छैनन् । यसअघि चलचित्रको नामले नै विवाद भएर एकता तनावमा थिइन् । फेरि नायिका रनावतले निम्त्याएको विवादले उनलाई समस्या परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७