कट्रिनाको ग्लामर लुक्स


२९ असार २०७६, आईतवार
katrina

काठमाडौं, २९ असार । बलिउड नायिका कट्रिना कैफ आफूलाई ग्लामर लुक्समा प्रस्तुत गर्न कुनै कसर बाँकी राख्दिनन् । यस्तैमा कट्रिनाले हालै आफ्नो इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेकी छिन् ।

निलो विकिनी लगाएर मेक्सिकोको सिटीको समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनी निकै हट देखिएकी छिन् । उनले सार्वजनिक गरेको यो तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । धेरैले उनको ग्लामरको प्रशंसा गर्दै तस्वीर शेयर गरिरहेका छन् । उनको तस्वीरमा १२ लाख भन्दा बढी लाइक मिलेको छ ।

केही महिना अघिबाट मात्र कट्रिनाले इन्स्टाग्राम चलाउन शुरु गरेकी हुन् । अहिले उनको इन्स्टामा २ करोड ४७ लाख बढि फलोअर्स छन् । कट्रिनाले सामाजिक संजाललाई अहिले सकारात्मक रुपमा प्रयोग गरिरहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७