बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् ११ वर्षेपछि वैवाहिक जीवनको अन्त्य


१७ श्रावण २०७६, शुक्रबार
diya

मुम्बई, १७ साउन । बलिउडकी चर्चित अभिनेत्री दीया मिर्जाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेकी छन् ।

दीयाले आफ्ना पति साहिल संघासँग सम्बन्ध विच्छेद गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले सहमतिमै सम्बन्ध विच्छेद गरेको बताएका छन् । दीयाले आफूहरुबी सम्बन्ध विच्छेद भएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएकी हुन् ।

दीयाले लेखेकी छन्, ‘११ वर्षसम्म सँगै बसेपछि हामीले आपसमा अब अलग हुने फैसला गरेका छौं । हामी एक अर्काका साथी बनिरहने छौं र एक अर्काप्रति आदर र सम्मान पनि गर्ने छौं । हाम्रो यात्रा हामीलाई फरक फरक दिशामा लिएर जानेछ । तर हामीले जुन सम्बन्ध शेयर गरेका छौं त्यसका लागि हामी एक अर्काप्रति आभारी हुनेछौ ।’

dia 2

उनले थप भनेकी छन्, ‘हामी आफ्ना परिवार, साथीलाई उहाँको माया र साथका लागि धन्यवाद दिन चाहन्छौं । मिडियालाई पनि हामीलाई समर्थन गरेकोमा धन्यवाद भन्न चाहन्छौं । हामी सबैलाई विन्ती गर्छौं, की हामीलाई हाम्रो समय दिनुस् । हामी यो विषयमा अगाडि केही पनि भन्दैनौं ।’

दीयाको विवाह १८ अक्टोबर २००८ मा साहिलसँग भएको थियो । साहिल उनको व्यापारी साभेदार थिए । दीया र साहिलको विवाह आर्य समाजको परम्परा अनुसार दिल्लीमा भएको थियो । दीया पारम्पारिक हैदराबादी बेहुली जस्तै देखिएकी थिइन् । यद्यपी उनीहरुबीचको सम्बन्ध विच्छेदको मुख्य कारण व्यापारिक विवाद रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७