बेलायतमा नेपाली सांगीतिक साँझ


२३ श्रावण २०७६, बिहीबार
Gangaraj program 1

लण्डन, २३ साउन । बेलायतमा नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेपाली सांगीतिक साँझ हुने भएको छ । क्लासिक म्युजिकल नाइट ग्रुपले बेलायतको मुख्य शहरहरुमा सांगीतिक साँझ गर्ने भएको छ ।

 ग्रुपले बेलायतको लण्डन, आस्फोर्ड र सुइनडनमा भब्य लाइभ सो साँगीतिक साँझ गर्ने भएको हो । लाइभ सो मा पूराना चर्चित शास्त्रीय गीतहरुको प्रस्तुती रहने छ । सांगीतिक साँझमा क्लासिक म्युजिकल नाइट गु्रपका गायक गंगराज राईको एकल गायन रहने छ । उनलाई बाद्यवादनमा विसी राई, थीर थापा, महेश गुरुङ, दीपक चाम्लिङ र विकल थापाले साथ दिने छन ।

gangaraj

३ घण्टा चल्ने सांगीतिक साँझमा पुराना चर्चित गीत संगै गायक गंगराज राईले आफनै गीत समेत गाउने छन । क्लासिक म्युजिकल नाइट गु्रपको मुख्य आयोजना रहेको साँगीतिक साँझमा अन्य संघसंस्थाहरुको समेत सहआयोजना रहेको छ । लण्डनमा भने किरात राई यायोक्खा मुख्य आयोजक रहेको गायक गंगराज राईले बताए ।

नेपाली गीत संगीतलाई विदेशमा प्रबर्धन र विकास गर्ने उद्देश्यका साथ क्लासिक नाइट गु्रपले प्रत्येक बर्ष साँगीतिक साँझ गर्ने तयारी गरेको छ । बेलायतमा पछिल्लो समय नेपाली समुदायहरुको सघन बसोबास बृद्धि भएपछि गीत संगीतको माध्यमबाट नेपालीपनालाई बचाइराख्न अभियान थालिएको गायक राईको भनाई छ । साँगीतक साँझ २२ सेप्टेम्बरमा आस्फोर्ड, २८ सेप्टेम्बरमा सुइनडन र ६ अक्टोबरमा लण्डनमा हुने आयोजकले जनाएको छ ।

‘करिव २ लाख नेपाली समुदायहरुको बसोबास रहेको बेलायतमा पछिल्लो समय नेपालीहरुको जनसंख्या बृद्धि बढदै गएको छ । बढदो नेपालीहरुको संख्या बृद्धिसंगै नेपाली भाषा,संस्कार संस्कृतिलाई टेवा पुर्‍याउनु हाम्रो अभियान रहेको छ’ गायक गंगराज राईले भने ‘गीत संगीतले नेपाली संस्कार सँस्कृति विकासमा जागरण ल्याउने र नेपाली पहिचान बचाइराख्न सहज हुने हाम्रो विश्वास छ । ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७