अभिनेत्रीले १७ वर्षकी छोरीको हत्या गरेर गरिन् आत्महत्या


२५ श्रावण २०७६, शनिबार
crime

काठमाडौं, २५ साउन । एक टेलिभिजन अभिनेत्रीले पैसाको अभाव झेल्न नसकेपछि १७ वर्षकी छोरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् ।

मराठी टेलिभिजन अभिनेत्री प्रदन्या पारकरले यस्तो गरेपछि अहिले टिभी उद्योगमा हल्लाखल्ला भएको छ । प्रदन्याको घरबाट एउटा सुसाइड नोट बरामद भएको छ जसमा अभिनेत्रीले स्वयं यो कुरा कबुल गरेकी छिन् ।

अमर उजालाको समाचार अनुसार प्रदन्या ४० वर्षकी थिइन् र उनकी छोरी श्रुती १७ वर्षकी थिइन् । श्रुती मुम्बइको ठाणेमा पढ्थिन् । प्रदन्याले यो सब गरेका बेला उनका पति जिम्मा भएको बताइएको छ । शुक्रबार बिहान जब उनका पति जिमबाट फर्के, लामो समयसम्म ढोका ढक्ढक्याइरहे ।

जब कसैले ढोका खोलेनन्, उनले ढोका फुटाए । त्यसपछि पूरा घटना थाहा भयो ।
प्रदन्याको शव पंखामा झुण्डिएको थियो र छोरीको शव बेडरुममा थियो । प्रदन्याले छोरीको घाँटी थिचेर मारेको बताइएको छ । पुलिसका अनुसार प्रदन्या लामो समयदेखि पैसाको अभाव झेलिरहेकी थिइन् । लामो समयदेखि उनले कुनै काम पाएकी थिइनन् ।

प्रदन्यालाई पतिको अन्यत्रै नाजायज सम्बन्ध भएको पनि शंका थियो । सुसाइड नोटमा पनि उनले पैसाको अभावका कारण आत्महत्या गरेको भन्दै सबै दोष आफ्नै भएको लेखेकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७