चितवनमा साम्राज्ञी र पुष्पको क्रेज


६ भाद्र २०७६, शुक्रबार
puspa and sam 1

काठमाडौं, ६ भदौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको युवापुस्तामा राम्रो क्रेज छ ।

यसले भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को व्यापारमा बल पु¥याउने विश्वास गरिएको छ । यो फिल्ममा उनीहरु प्रमुख भूमिकामा छन् । फिल्मको इनिसियल बक्सअफिसमा दुईको क्रेजको ठूलो प्रभाव रहन सक्ने कतिपयको विश्लेषण छ । त्यसैले प्रचार–प्रसारमा पनि निर्माण टिमले दुईलाई नै केन्द्रमा राखेर हिंडाएको छ ।

अहिले पुष्प र साम्राज्ञी नेपाल टुरमा छन् । इटहरीबाट फिल्मको प्रचार अभियान शुरु भएको थियो । बिहीबार साँझ निर्माण टिमले चितवनमा भव्य कन्सर्ट गरेको छ । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो । कार्यक्रममा अभिनेता पुष्प र अभिनेत्री साम्राज्ञीले फिल्ममा समावेश ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ गीतमा नाच्दा दर्शकले जोडले हुटिङ गरेका थिए ।

दुईसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । भने, केही फ्यानहरु पुष्प र साम्राज्ञीलाई पछ्याउँदै होटेलसम्म पुगेका फिल्मका मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ ले जानकारी दिए । दुईले कार्यक्रममा बोल्दै फिल्म राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरे । निर्मात्री पुनम गौतमले तीजमा दर्शकलाई ‘मारुनी’ कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफूले मन छुने फिल्म बनाएको बताए ।

फिल्मको नेपाल टुरमा गायक कृष्ण काफ्ले पनि सहभागी छन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सहनिर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

रेविका गुरुङ, सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७