फिल्म ‘राज्जा रानी’ प्रचारमा माननिय, मन्त्री बने लगानी उठाइदिने वचन


५ पुष २०७४, बुधबार
keki 2

काठमाडौं: नायिका केकी अधिकारी अभिनित फिल्म ‘राज्जा रानी’को प्रदर्शन मिति नजिकिए सँग निर्माण टोलीले प्रचारप्रसार तीव्र बढाएका छन् । फिल्म निर्माण पक्षले प्रचारप्रसारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् मोरङ क्षेत्र नमबर ६ बाट निर्वाचित प्रतिनिधि सभा ससद् लालबाबु पण्डितको साथ लिएको छ ।

keki 2
मङ्गलवार बिराटनगर १२ मा बखरी बगैंचामा आयोजित प्रचारप्रसार कार्यक्रममा प्रमुख अतिथि बनेका पण्डितले मन्त्री बने फिल्मको लगानी उठाइदिने वचन समेत दिएका छन् । पण्डितले नायिका सौन्दर्यताको प्रशंसा गर्दा अधिकारी मख्ख मुद्रा देखिन्थ्यो । फिल्मले उठाएको दाइजो प्रथाको विषयवस्तु सकारात्मक भएको पण्डितले बताए ।

authography
उनले बन्ने वाम सरकारले दाइजो पर्थाको अन्त्य गर्ने पनि बताएका छन् । उनले दाइजो प्रथा निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई सरकाले १० हजार रुपैयाँ वितरण गर्ने योजना ल्याउने बताए । पण्डितले सौन्दयताको गुणगान गाउँदा मख्ख परेकी केकीले पनि लालबाबु पण्डित आफ्नो फेवरेट नेता भएको वाताइन् । उनले मन पर्ने नेता भएको मात्रै बताएनन् हजारको नोटमा अटोग्राफी लिन समेत भ्याइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७