लोयल्टी च्याम्पियन


२४ भाद्र २०७६, मंगलवार
1 1

काठमाडौं, २४ भदौं । लोयल्टी एकेडेमीले दोश्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङ हाटर््सलाई १–० गोलले पराजित गर्‍यो । लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरे ।

प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमार छेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताभर ४ गोल गरेका योङ हार्ट्सका दावा तामाङ सर्वाधिक गोलकर्ता बने । डाफोडिलले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई एन्फा फुटसल कमिटीका को–ओर्डिनेटर दावा लामा, विद्या संस्कारका संस्थापक निर्देशक एवं प्रिन्सिपल सुधिरकुमार झा, विद्या संस्कारका निर्देशकद्वय राजेश अधिकारी र सुरेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा १६ टिम सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७