२०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाइने छ । छोटो दूरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । शिक्षामा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभ, हानी, आय, व्यय, सुख, दुल्ख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कार्यमा सफलता पाइने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुटुम्बको सहयोग मिल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ती खेप्नु पर्नेछ । व्यस्तता पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउँला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउने छ । घर व्यवहारमा झमेला रहला । स्वास्थ्यमा खरावी हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्